ह्वात्तै बढ्यो सुनको मूल्य
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँ बढेको हो। बिहीबार सुनको मूल्य स्थिर रहेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/en-JP/register?ref=UM6SMJM3