English

अलिबाबाका चेयरम्यान ‘ज्याक मा’का सफलताका सूत्र



अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एशियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्रुप’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्सअनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।

यस्ता सफल व्यक्तित्व ज्याक माका सफलताका सूत्र यस प्रकार छन् ।

१. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरूको ।
२. जिन्दगी निकै छोटो छ र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा लिनुस् ।
३. म जो हुँ उही रहन्छु, तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो, उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
६. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
७. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस्, पर्सी अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested