English

काठमाडौं उपत्यकामा १,९१२ सहित थप ३,५५६ जनामा कोरोना पुष्टि



काठमाडौं उपत्यकामा १ हजार ९ सय १२ सहित नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । तीमध्ये १ हजार ८ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् भने २० हजार ५ सय ३५ जना होम आइसोलेसनमा छन् ।

सोमवार देशभर २ सय ६८ जनाको आइसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।

सोमवार देशभरका प्रयोगशालाबाट १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८ सय ९३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआर विधिबाट ३ हजार ४ सय ४२ र एन्टिजेन विधिबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested