एकैदिन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Registrera dig
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.