English

सुनचाँदीको मूल्य स्थिर



नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघका अनुसार आज सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो ।

साताको शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो । यही मूल्यमा साताको आइतबार समेत कारोबार भएको थियो । जुन, आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । शुक्रबारको तुलनामा शनिबार एकै दिन सुनको मूल्य १५ सय रुपैयाँले बढेको थियो । यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर छ । आज पनि शनिबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
astr

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested