English

पोखरामा खगोलीय टेलिस्कोप मार्फत ग्रहहरुको अवलोकन



पोखरा खगोलीय समाज (PAS) र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (GPAST) द्वारा संयक्तरुपमा आयोजित पहिलो खगोल विज्ञान शिविर कास्कीको लुम्लेमा सम्पन्न भएको छ ।

लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा यही कात्तिक २ देखि कात्तिक ४ सम्म सञ्चालन भएको उक्त शिविरमा गण्डकी प्रदेशका प्रत्येक जिल्लाबाट कम्तीमा १–१ सरकारी विद्यालयको सहभागिता रहेको थियो ।

खगोलिय पिण्डहरुको अवलोकन गर्न टेलिस्कोप सेट अप गर्दौ सहभागीहरु

शिविरको पहिलो दिन सुजन दाहाल, एन्जल बस्याल र राजकुमार प्रधानको प्रस्तुतिमा सौर्य मण्डल संरचनाका परिकल्पनाहरू, ब्लाक होलको (Black Hole) उत्पत्ति, र आकाश गङ्गा तारा पुञ्जको संरचना साथै ताराहरूको जीवनचक्रको बारेमा आधारभूत खगोल विज्ञानको सन्दर्भमा छलफल भएको थियो। छलफललाई अझ बढी अन्तरक्रियात्मक बनाउनका लागि सहभागीले खगोल शास्त्री डा. सुदिप न्यौपानेसँग भर्चुअल जुम मिटमा अन्तरक्रिया गरेका थिए ।

सोही दिन राती पोखरा खगोलीय समाजका परियोजना संयोजक सविन गौतमको सञ्चालनमा खगोलीय टेलिस्कोप मार्फत बृहस्पति र शनि ग्रहहरू र मकर , कुम्भ र धनु आदि तारा मण्डल जस्ता आकाशीय पिण्डहरूको अवलोकन गराइएको थियो।

सहभागीहरु कार्यक्रमको बिस्राम सत्रको समयमा सेमिनार हल बाहिर अन्तरक्रिया गर्दै

विज्ञान शिविरको दोस्रो दिन कार्यक्रम संयोजक निशान लामिछानेले सहभागी विद्यार्थी र शिक्षक–शिक्षिकालाई स्टेलरियम सफ्टवेयरद्वारा खगोलीय पिण्डहरूका अवस्थिति, गति र अवलोकन गर्ने उचित समयका बारेमा सिकाएका थिए। कार्तिक ८ गते (आज)लाग्ने खग्रास सूर्य ग्रहण आफू बसेको ठाउँबाट देख्न सकिने वा नसकिने भन्ने कुरा सफ्टवेयरबाट कसरी हर्नेबारेमा समेत चर्चा भएको थियो ।

अहिलेको विज्ञान प्रविधिको समयमा रोबटको महत्त्वलाई किन र यो कसरी बनाउन भन्ने विषय वियोन्डविएपोजीका कार्यकारी अध्यक्ष सुदिप विक्रम अधिकारी, लगायत सो टिमका सदस्यहरू एलिश ढकाल, प्रविन तिमिल्सिना र सुजन दाहालले सहभागी विद्यार्थी तथा शिक्षकलाई प्रयोगात्मक विधि मार्फत प्रस्तुति दिएका थिए।

सहभागीहरूसँग पोखरा खगोलीय समाजको अध्यक्ष महेश ठकुरी अन्तरक्रिया गर्दै

शिविरको मुख्य आकर्षणमा रहेको खगोलीय अध्ययनका सामाग्रीहरू जस्तै स्टार व्हिल (Star Wheel), क्लिनो मिटर (Clinometer), स्टार क्लक (star clock), सन् डायल (Sun Dial), र सोलार मोसन (Solar Motion) का बारेमा, पोखरा खगोलीय समाजको अध्यक्ष महेश ठकुरीले विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूलाई त्यसको निर्माण र प्रयोग गर्ने विधि सिकाएका थिए। यी सामग्रीहरू उक्त दिन राती खगोलीय वस्तुहरूको अवलोकन गर्न पनि सिकाइएको थियो । यसका साथै विद्यार्थीहरूलाई मङ्गल ग्रह, ओरायन नेबुला र हामीबाट करिब २५ लाख प्रकाश वर्ष टाढा रहेको एन्ड्रोमेडा ग्यालेक्सीको पनि अवलोकन गराइएको थियो ।

शिविरको अन्तिम दिन सहभागी विद्यार्थीहरूले सौर्य मण्डल, कालो छिद्र, धुमकेतु, खगोल–रसयन, छुद्र ग्रह, र ताराको जीवनचक्र बारेमा प्रस्तुति दिएका थिए ।

सहभागीलाई सहयोग गर्दै कार्यक्रमको संयोजक निशान लामिछाने

त्यसैगरी विभिन्न विद्यालयले लिएर आएका टेलिस्कोप हरूलाई सही तरिकाले जडान गर्ने सरल उपायको साथै अवलोकन बारेमा विज्ञान शिक्षक–शिक्षिकालाई तालिम प्रदान गरिएको थियो ।

करिब ६० जना सहभागी कार्यक्रममा गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलको विशेष, सहयोग रहेको थियो भने विज्ञान शिक्षक एसोसिएसन नेपाल–स्टान (गण्डकी प्रदेश), वियोन्ड एपोजि, एसेन्ट एजुकेशनल सेन्टर , मेक इन्जिनियरिङ, द टेलिस्कोप क्लब, र अल्टिमेट एजुकेसन सेन्टरको साझेदारी रहेको थियो ।

तीन दिने शिविरको अन्तिम दिन धन्यावाद ज्ञापन गर्दै जिपास्टको कार्यकारी निर्देशक डा. ढाका राम भण्डारी

शिविरमा स्टान–कास्कीका अध्यक्ष राज कुमार ढकालले तिन दिने शिविरको समीक्षा सहितको मन्तव्य राखेका थिए। त्यसैगरी शिविरलाई सम्पन्न गर्दै जिपास्ट (GPAST) को कार्यकारी निर्देशक डा. ढाका राम भण्डारीले सम्पूर्ण उपस्थित विद्यार्थी, शिक्षक तथा आयोजक टिमलाई धन्यवाद दिँदै आगामी दिनमा यस किसिमको कार्यक्रमलाई जिपास्टले निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

यो पनि…
‘मेरो बुवाले मलाई प्रश्न सोध्न सिकाउनुभयो त्यसले मलाई खगोलविद् बनायो’ (भिडियो पनि)
हामीलाई माया चाहिन्छ, मिसाइल होइन



...
bezplatn'y úcet na binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/id/register-person?ref=UM6SMJM3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested