English

आधुनिक घट्टले फेरियो दैनिकी



दैलेखको ठाटीकाँध गाउँपालिका– ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे ।

तर, अचेल उनको दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दुःखै छैन । गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवतर्न आएको हो । ठाटीकाँध– ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन । कुम्लोकुटिरो बोकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियो । घट्टमा भीड हुन्थ्यो ।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका–३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन् । अहिले आधा–एक घण्टामै घट्ट पिस्ने सुविधा छ ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ । ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन् ।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र ३० केजी पिसेबापत तीन कुरुवा अन्न कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ ।

यो पनि…
एसएसबीले महाकालीको तुइन हटायो
झरेको बरफ कलायात्रा : कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी



...
创建Binance账户

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/ro/register?ref=HX1JLA6Z

...
"oppna ett binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested