English

तेस्रो हारसँगै यु–२० को छनोट सम्भावना सकियो



बहराइनसँग ६–० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

बहराइनमा जारी छनोटको समूह ‘बी’ मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेको हो । बहराइनका मोहमद अलीले १८औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको प्रहार नेपाली डिफेन्डर सुमित श्रेष्ठको हातमा लागेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेट नबित्दै बहराइनका अब्दुलरहमान गड्बानमाथि खराब फाउल गरेपछि नेपाली डिफेन्डर अमर श्रेष्ठलाई म्याच रेफ्रीले रातो कार्ड देखाएका थिए ।

अमरको रातो कार्डसँगै १० जनामा सीमित भएको नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औं मिनेटमा पुनः गोल गर्यो । साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता २–० को पारे ।

नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो । ६७औं मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए । अब्दुल्लाह अलीले ८४ र ८८औं मिनेटमा लगातार दुई गोल गरे ।

इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे । बुधबार राति नै भएको समूह ‘बी’को अर्को खेलमा कतारले भुटानमाथि ६–० कै जित निकालेको थियो ।

जितसँगै कतार ६ अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै, पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौं स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ ।

यो पनि…
यु २० साफ च्याम्पियनसिपः बंगलादेशसँग रोकिएसँगै नेपालले भारतको नतिजा कुर्नुपर्ने
नेपाली फुटबल : हराउँदै गयो,‘हिप हिप हुर्रे’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested