English

नागरिकता विधेयक प्रमाणीकरण भएन



राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गरेकी उनले नागरिकता विधेयकलाई भने प्रमाणीकरण गरेकी छैनन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरुमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

तर, दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

यो पनि…
नागरिकता विधेयकः अब के हुन्छ ?
यस्तो छ अबको संसदीय प्रक्रिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested