English

ग्याब्रियलको कस्टमर मिट सम्पन्न



एसडीआई अटोमोबाइल्स प्रालिले शनिबार ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । यो कम्पनी ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक हो । काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्ष पश्चात् तेब्बर बनाउने लक्ष्य रहेको बताएका छन् । आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामाग्री उपलब्ध गराउने उनले बताए ।

ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जीव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।

नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध छन् ।

विश्वमा यो कम्पनी हाल आठौँ नम्बरमा रहेको छ । आगामी ३ वर्ष भित्र पाँचौँ नम्बरमा रहने योजना छ । सीओओ श्रीवास्तवले भने, ‘यद्यपि यो निकै नै कठिन कार्य हो । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’ ग्याब्रियलले यो वर्ष ३ हजार करोडको व्यापार गर्ने योजना बनाएको छ ।

अस्ट्रेलिया, साउथ इस्ट एसिया, एसिया, युरोप, मिडिल इष्ट, अफ्रिका, नर्थ अमेरिका र साउथ अमेरिकामा ग्याब्रियलका सक एब्जर्बर उपलब्ध छन् । ग्याब्रियलले विभिन्न प्रकारका प्रतिष्ठित अवार्ड समेत प्राप्त गरेको छ ।

यो पनि…
अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested