English

सेयर बजारमा वृद्धि



दुई दिनसम्म लगातार घटेको सेयर बजार आज मङ्गलवार भने सामान्य अंकले बढेको छ । सेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको सेयर सामान्य बढेको छ । अरू समूहको सेयर भने सामान्य घटेको छ । यस्तै दुई सय २२ वटा कम्पनीको ४० लाख ३१ हजार कित्ता सेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर झन्डै सात प्रतिशत तथा एभरेस्ट बैंक, सिजिजन म्युचल फन्ड–१ र लक्ष्मी इक्वपटी फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested