English

वैदेशिक रोजगारी : गत वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च मृत्यु



गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।

वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको वोर्डले जनाएको छ ।

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१–७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८-७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

यो पनि…
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह
वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested