English

नेपाली खानाको सङ्ग्रहालय बनाइँदै



नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले मुलुकका ७७ जिल्ला, ७५३ स्थानीय तह र सातै प्रदेशका सबै जातजाति र भाषाभाषीका स्थानीय नेपाली खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम प्रतिष्ठानले अघि सारेको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । निकट भविष्यमै इ–लाइब्रेरी पनि सञ्चालन गर्दैछ । साथै, खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

हाल प्रतिष्ठानमा करिब एक हजार ६ सय विद्यार्थी शैक्षिक तथा तालिम कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरामा पर्यटन तालिम केन्द्र, सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङ स्कूल र नुवाकोटको ककनीमा टुरिजम रिसर्च सेन्टर स्थापना गर्ने कार्यमा सहयोग गरिदिन प्रतिष्ठानले संसद् र सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । साथै, खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्य सुरेन्द्र कार्कीले नेपाल बहुजाति, भाषा र धर्म रहेको विविधतायुक्त देश भएकाले हरेक जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि प्रतिष्ठानले अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको विचार राख्छन् ।

प्रतिष्ठानले अध्ययनका क्रममा विद्यार्थीलाई मुलुकभित्र उपलब्ध हुने ‘हाइजेनिक र हेल्दी फुड’ बारेमा पनि शिक्षा प्रदान गर्न आवश्यक रहेको सदस्य कार्कीको भनाइ छ ।

प्रतिष्ठान २०२९ चैत १३ गते स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको छ । हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको छ । यसले झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरेको छ ।

प्रतिष्ठानले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्ष्य गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने सोच बनाएको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested