English

सेयर बजारमा गिरावट



सेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्सेसँगै कारोबार सङ्ख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ । आज दुई सय २७ वटा कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज गुराँस लघुवित्तको सेयर सात प्रतिशत र हिमालयन डिस्टिलरीको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युतको सेयर आठ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र