English

के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?



गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।

प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्राउँदै आफ्नो स्क्वाड बलियो बनाएका छन् ।

एन्सेलोटी इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् । नयाँ अनुबन्ध भएका र यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डो कामाभिङ्गा, फेड भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी खेलाडीले खेल्ने प्रसस्त मार्ग हुनुपर्छ ।

विश्वास गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एकपटक एकमात्र सेन्ट्र फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् । लुका जोभिक इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई केहिल्यै विश्वास गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न सक्छ ।

चेल्सीबाट रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्धपूर्ण प्रदर्शन गरे । इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले हाजार्ड फिट भएका छन् । प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको प्लानमा बेल्जियम खेलाडी रहेका छन् ।

यता, गत सिजन बार्सिलोनाको लागि सनसनीपूर्ण रह्यो । अर्थतन्त्रमा समस्या आएपछि गत सिजन बार्सिलोनाले राम्रो प्रदर्शन दिन सकेन । अध्यक्ष जोआन लोपार्टले जुलेस कौन्डे, आन्द्रेअस क्रिस्टेन्सन, फ्रान्क केसिइ, राफिन्हा र रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरिसकेका छन् । यस्तै, मार्कोस ओलोन्सो र बेर्नान्डो सिल्भा भित्रिने योजनामा छन् । औसामाने डेम्बेलेको नविकरणले टोली थप बलियो भएको छ ।

प्रशिक्षक जाभी होर्नान्डेजले प्रत्येक पोजिसनमा दुई बलियो खेलाडी राखेका छन् । रायो भालेकानोविरुद्ध सप्ताहन्तमा मैदान उत्रनु अघि बार्सिलोना अनुबन्ध गर्न पाउनेछ । यद्यपि, ला लिगाले बार्सिलोनालाई बित्तीय नियमहरु लगाउन सक्छ । अगिल्लो सिजन बार्सिलोना गम्भीर आर्थिक समस्यामा परेको थियो ।

अन्तिम सिजन बार्सिलोनाले जाभिको प्रशिक्षणमा २५ लिग खेलमा ५६ अंक जोड्यो । जस क्रममा उसले फेब्रुअरी र अप्रिलमा रियल मड्रिडलाई बर्नाबेउमा ४–० ले हरायो । तर, उसले केहि खराव प्रदर्शन पनि गर्यो । काडिज र रायो भालेकानोसँग पराजित भयो । यस्तै, युरोपा लिगमा फ्राङ्कफुर्टसँग पराजित हुन पुग्यो ।

जाभीले सिधा झै ४–३–३ को पोजिसन रोज्नेछन् । जाभीसँग अट्याक लाइनमा बहुमुखी प्रतिभाका रोबर्ट लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाति, फेरान टोरेस र पियरे इम्रिक औवामेयाङ रहेनछन् । उनले यिनीहरुलाई अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेलाउन सक्छन् ।

यो टिमले पक्कै लिग जित्न धेरै गोल गर्न सक्नुपर्छ । तर, के बार्सिलोनाले अन्य टोलीलाई रोक्न सक्ला ? काउन्टर खेल बार्सिलोनाको लागि सधैँ घातक बन्दै आएको छ । तर, तल्लोक्रमका कौन्डे र रोनाल्ड अराउजोले जाभिको रणनीतिलाई साथ दिने आशा गर्न सकिन्छ ।

ला लिगा २०२२–२३ को सिजन आज रातिबाट सुरु हुँदैछ । पहिलो खेलमा ओसासुना र सेभिया प्रतिस्पर्धा गर्देछन् । यस्तै, भोलि हुने खेलमा बार्सिलोनाले नेपाली समय अनुसार राति पौने १ बजे रायो भालेकानो सँग भिड्ने तालिका छ । आइतबार साविक विजेता रियल मड्रिडले यूडी अल्मेरियाको सामना गर्दैछ ।

यो पनि…
कतार विश्वकप अब एकदिन अगाडि नै !
बंगलादेश र भारत फाइनलमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,