English

वर्षामा यसरी गर्नुहोस् कपालको हेरचाह



पानी पर्ने मौसम सुरु भएसँगै तपाईंको कपालको हेरचाहमा अलि बढी समय छुट्याउनु पर्ने हुन्छ । पानी पर्ने मौसममा कपाल झर्ने समस्या सुरु हुन थाल्छ । कपाल चिल्लो हुने, चाँया पर्ने जस्ता समस्या पनि देखा पर्न थाल्छ । यस्तो अवस्थामा कपालको हेरचाह कसरी गर्ने र यसलाई चम्किलो र नरम कसरी बनाउने भन्ने विषयको बारेमा आज हामी कुरा गर्छौ ।

चाँया र कपाल झर्ने समस्या कसरी कम गर्ने ?

वर्षातको मौसममा माइल्ड स्क्याल्प ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पुले कपालबाट फोहोर र अतिरिक्त तेल निकाल्ने काम गर्छ, यसले कपालमा चाँया पनि कम गर्छ । कपाल नुहाए पछि कपालमा कन्डिस्नरको प्रयोग गर्नुपर्छ, यसले कपाल नरम बनाउँछ । यसरी पनि कपाल झर्ने समस्या कम भएन भने स्पा तथा कपालको ट्रिटमेन्ट गरेर पनि कपाललाई स्वस्थ बनाउन सकिन्छ ।

वर्षातको मौसममा कपाललाई हेरचाह गर्ने केही टिप्स

– कपालमा स्क्याल्प ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुहोस् ।
– कपालमा स्याम्पुको प्रयोग गर्नु अघि कपाल पानीले राम्ररी भिजेको छ कि छैन भनेर चेक गर्नुहोस् ।
– कपाल नुहाउन चिसो पानीको प्रयोग गर्नुहोस्, तातो पानीको प्रयोगले कपाललाई हानी गर्न सक्छ ।
– कपालमा स्याम्पु लगाउँदा हल्का हल्का मसाज गर्नुहोस्, औंलाहरूलाई सर्कुलर मोसनमा घुमाएर मसाज गर्नुहोस् ।
– कपालको स्याम्पु पखालेर कपालमा कन्डिसनर लगाउनुहोस् र त्यसलाई १० देखि १५ मिनेटपछि पखाल्नुहोस् ।
– कपाललाई प्रकृतिक रूपमा सुक्न दिनुहोस्, ड्रायरको प्रयोग नगर्नुहोस् ।
– कपाल नुहाई सकेपछि कपालमा सिरम लगाउनु होस् ।
– कपालमा कन्डिसनर लगाउन बिर्सनु भयो भने पनि सिरमको प्रयोग भने गर्न बिर्सनु हुँदैन ।
– कपाल कोर्दा मोटो दाँत भएको काँइयोको प्रयोग गर्नुपर्छ ।
– कपाल कोर्दा शुरुवात कपालको टुप्पोबाट गर्नुपर्छ र पछि जरा कोर्नुपर्छ । यसो गर्दा कपाल झर्न कम हुन्छ ।
– घरबाट बाहिर निस्कनु अघि कपाललाई राम्ररी छोपेर निस्कनु पर्छ, जस्ले गर्दा कपाल नभिजोस् ।
– वर्षातको पानीमा कपाल भिजेको छ भने त्यही दिन नुहाएर राम्ररी सुकाउनु पर्छ ।

माथिका कुरा ध्यानमा राख्नुभयो भने तपाईंको कपाल झर्ने र चाँया पर्ने समस्या कम भएर जान्छ र कपाल स्वस्थ तथा बलियो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested