English

सेयर बजारमा गिरावट



मङ्गलवार सामान्य घटेको सेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय ८६ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय १८ वटा कम्पनीको ९५ लाख ४२ हजार कित्ता सेयर चार अर्ब दुई करोड रुपैयाँका कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टेड बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको सेयर झन्डै १० प्रतिशतले बढेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested