English

सेयर बजारमा झिनो अंकको गिरावट



मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको सेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमवार चार अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता सेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज राष्ट्र उत्थान लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested