English

बंगलादेशविरुद्ध ‘गर या मर’को स्थितिमा नेपाल



साफ यु २० च्याम्पियनसिप २०२२ अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बलियो बंगलादेशको सामना गर्दैछ । भारतको भुवनेस्वरस्थित कालिङ्गा रंगशालामा हुने खेल अपराह्न सबा ४ बजे सुरु हुनेछ ।

बंगलादेशबिरुद्ध नेपाललाई खेलमा सुखद नतिजा मात्र ल्याएर फाइनल यात्रा सम्भावना रहँदैन । कम्तीमा पनि नेपालले ५-० अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।

यता, आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा माल्दिभ्सले अप्रत्याशित नतिजा निकाले नेपालको भाग्य खुल्नेछ ।

तीन खेलमा ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालभन्दा भारत गोलअन्तरमा निकै माथि छ ।

बंगलादेशले पहिलो खेलमा श्रीलकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।

बंगलादेशमाथि जित निकालेमा नेपालको खातामा पनि ९ अंक हुनेछ । दोस्रो खेलमा भारतले माल्दिभ्सलाई हराएमा घरेलु टोलीको पनि ९ अंक हुनेछ । यस्तो अवस्थमा राम्रो गोलअन्तरको आधारमा भारत र बंगलादेशले शीर्ष दुई स्थान पक्का गर्दै फाइनलको टिकट काट्नेछन् ।

पहिलो दुई खेलमा नेपालले क्रमशः माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो । तर, फाइनलमा दाबेदारी प्रस्तुत गरेको नेपालका लागि तेस्रो खेलमा भारतसँग व्यहोरेको ८–० को लज्जास्पद हार बेहोर्नु घातक बनेको छ ।

यु–२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

यो पनि…
गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested