English

सेयर बजारमा उच्च अंकको गिरावट



सेयर बजार उकालो यात्रामा ब्रेक लागेको छ । गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४.८० अंकले घटेको हो ।

आइतबार नेप्सेमा ६१ अंकको र सोमबार ५४ अंकको सुधार आएको थियो । यससँगै, २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको तेस्रो दिनमा आज नेप्से २.१० प्रतिशतले घटेको हो ।

आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको ८७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । हिजो सोमबार बजार परिसूचक ५४ अंकले बढेको दिन ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा १३३ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ११४ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा १०३ अंकको गिरावट आएको छ ।

यसका साथै, लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ७८ अंक, अन्य समूह ५७ अंकले घटेका छन् । यी बाहेक अन्य समूहमा समेत उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ अंकले खुम्चिएको दिन आज मल्टिप्रपोज वित्त कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,