English

सेयर बजारमा उच्च अंकको गिरावट



सेयर बजार उकालो यात्रामा ब्रेक लागेको छ । गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४.८० अंकले घटेको हो ।

आइतबार नेप्सेमा ६१ अंकको र सोमबार ५४ अंकको सुधार आएको थियो । यससँगै, २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको तेस्रो दिनमा आज नेप्से २.१० प्रतिशतले घटेको हो ।

आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको ८७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । हिजो सोमबार बजार परिसूचक ५४ अंकले बढेको दिन ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा १३३ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ११४ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा १०३ अंकको गिरावट आएको छ ।

यसका साथै, लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ७८ अंक, अन्य समूह ५७ अंकले घटेका छन् । यी बाहेक अन्य समूहमा समेत उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ अंकले खुम्चिएको दिन आज मल्टिप्रपोज वित्त कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested