English

सेयर बजारमा झिनो अंकको वृद्धि



नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से सूचक १.९३ अंकले बढेको छ । यससँगै सूचक २०११.३९ विन्दुमा आएको छ ।

आज कारोबार अवधिभर नेप्सेमा उतरचढाव जारी रह्यो । आज सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।

नेप्से उकालो लागेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। गत शुक्रबार १ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २१० स्टकको २५ हजार ९२४ पटकको कारोबारमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ३० लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हिमालयन डिष्टिलरी, अरुण काबेली पावर र एनआईसी एशियाको साढे ४ करोड बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested