English

विलासी बस्तुको आयात प्रतिबन्ध थप ४४ दिन



सरकारले विलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् ।

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।

यो पनि…
सरकारले लगायो विलासिता वस्तु आयातमा प्रतिबन्ध (राजपत्रमा प्रकाशित सूचनासहित)
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested