English

पुष्पाले पहिल्याएको नयाँ बाटो



प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले पुष्पा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरेको छ ।

आज भएको उपसभामुखको निर्वाचनमा ५५ मतको अन्तरले भुसालले विजय प्राप्त गरेकी छिन् । उनले १४८ मत प्राप्त गरेकी छिन् । यसैगरी अर्की उम्मेदवार विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी छिन् । उपसभामुख पदका लागि भुसाल र भट्टराईको मात्र उम्मेदवारी परेको थियो ।

उपसभामुखका लागि नेपाली कांग्रेसकी भुसाल र नेकपा एमालेकी भट्टराई प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले भुसालको नाम प्रस्ताव गरेका थिए । भट्टराईको नाम एमालेकी शान्ता चौधरीले प्रस्ताव गरेकी हुन् ।

पुष्पाको पृष्ठभूमि

पुष्पा भुसालको पारिवारिक पृष्ठमूमि राजनीतिसँग जोडिएको छ । भुसाल २०१५ मा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् । २०१७ सालमा पञ्चायत सुरु भएपछि गौतम परिवारसहित १४ बर्षसम्म भारत निर्वासित भए । त्यही बर्ष अर्थात राजा महेन्द्रले कांग्रेस सरकारलाई अपदस्त गरेको दुई महिनापछि पुष्पाको जन्म भएको हो ।

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । कांग्रेसको महिला विभाग, कानुन विभागमा सक्रिय रहेकी भुसालसँग नेपाल महिला संघको महासचिव भएर कार्यसम्पादन गरेको अनुभव पनि छ । हाल उनी पार्टीको केन्द्रिय सदस्य हुन् ।

२०१७ फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय रहिन । । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलेकी थिइन ।

२०६३ को अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भुसालले भूमिका निर्वाह गरेकी थिइन् । २०७४ को चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुन पुगेकी थिइन् ।

तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसाललाई कांग्रेसले यसपटक फेरि उम्मेदवार बनाएको हो ।

एक छोरीकी आमा ६१ बर्षिय भुसाल कांग्रेसभित्र सुरुदेखि नै संस्थापन पक्ष निकट मानिन्छिन् ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
दलहरुले बदल्न सक्लान् त बुटवल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम