English

सेयर बजारमा छलाङ



बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । २२० स्टकको मूल्य बढ्दा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७.६४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज २२७ स्टकको ४७ हजार ३९२ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।

नेप्से उच्च अंकले बढेसँगै आज ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, आज कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बरुण हाइड्रोपावर, गुराँस लघुवित्तको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको करिब ६ करोडको शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested