English

मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै



पहिले मेलम्ची–७ दुवाचौरका जितु भारतीले मेलम्ची बजारबाट सहजै सामान लैजाने गर्थे । अहिले सडक र पुलमा क्षति पुगेपछि सामान बोकेरै खोला तार्ने गरेका छन् । सामान ढुवानी गर्दा नै बढी लागत लाग्ने हुँदा सामानको भाउ बढेको उनी बताउँछन् ।

गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो । असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ ।

स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न कठिन छ ।

सडक अवरुद्ध हुँदा अहिले मेलम्ची नगरपालिका ७ र ८, पाँचपोखरी गाउँपालिका १ र २ र हेलम्बु गाउँपालिका २ र ३ का नागरिकले सास्ती भोगिरहेका छन् । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा अहिले घुमेर धेरै समय लाग्ने गर्छ ।

स्थानीयवासीलाई पुल नहुँदा घुमाउरो बाटोबाट ४५ मिनेटदेखि डेढघण्टा हिँडेर बजार पुग्छन् । सडक पनि हिँड्न सजिलो छैन । हिलो बाटोमा गोडा गाडिएर यात्रा गर्न कठिन छ ।

पाँच पोखरी–१ र २, मेलम्ची–७ र ८ र हेलम्बु गाउँपालिका–१, २, ३ र ४ का नागरिक पहिले फट्टेबाट जाने गरेका थिए । त्यो बगाएपछि अहिले चनौटेबाट यात्रा गर्न परेको छ । मेलम्चीका दुई, हेलम्बुका दुई र पाँच पोखरीका दुई वडाका बासिन्दा चनौटे पुलबाट पनि आवतजावत गरिरहेका छन् । तर, हेलम्बु–१ र २ का नागरिक हिँडेर जान नसक्ने छन् ।

हेलम्बुमा केही समय पहिले सेनाले चनौटेमा पुल निर्माण गरेको थियो । सो पुलभन्दा माथिल्लो क्षेत्रमा यात्रा गर्न गाह्रो रहेको स्थानीयवासी हस्त पण्डितले बताउँछन् । बिरामी हँुदा र खाद्यान्न ढुवानीमा समस्या पर्ने गरेको उनको भनाइ छ । सरकारले सकेसम्म चाँडो यहाँको समस्या समाधान गर्नुपर्ने उनले बताए ।

असार लागेदेखि एक दिन पनि राम्रोसँग निदाउन नसकेको हेलम्बु–२ का गङ्गानाथ भण्डारी सुनाउँछन् । खोला किनारमा रहेको घरमा कुन दिन खोला पस्छ भन्ने त्रास उनी र उनको परिवारमा छ । उनले भने, ‘अघिल्लो वर्ष घर नभत्किएपछि बसिरहेको छु तर कुन दिन केही हुन्छ कि भन्ने डर छ ।’

असार सुरु भएसँगै भारी वर्षाका कारण नदीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नदीमा बनाइएका अस्थायी संरचनामा बाढीले क्षति पु¥याउन थालेको छ ।

कृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षायाममा आउने बाढीपहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको अभाव छ ।

गत वर्षको बाढीले पक्की तथा झोलुङ्गे पुल बगाएपछि मेलम्ची तथा हेलम्बु क्षेत्रको माथिल्लो भेगका स्थानीयवासीले कष्टकर जीवन बिताउँदै आएका छन् । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्टेको पुल र ईन्द्रावती पाँच पोखरी जोड्ने अस्थायी पुलमा क्षति पुगेपछि आवतजावत बन्द छ ।

वैकल्पिक बाटो प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पालिकावासीलाई आग्रह गरे । उनले भने, ‘वैकल्पिक बाटो सुधारको काम गरिरहेका छौँ ।’

प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षायाममा आउने बाढीपहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको अभाव छ । मेलम्ची खानेपानी आयोजना भन्दा माथिको तटीय क्षेत्रमा अझै पनि जोखिम रहेको छ । सो विषयमा खानेपानी मन्त्रालयसँगको समन्वयमा एशियाली विकास बैंकले अध्ययन गरेको थियो ।

पूर्वतयारी गरिरहेको तथा विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणको काम पनि भइरहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । यस वर्षको सङ्घीय सरकारले बजेटमा मेलम्चीको फट्टे र इन्द्रावती नीदमा पुल बनाउन बजेट विनियोजन गरेको छ ।

चाँडै पुल सम्पन्न भएर नागरिकको जनजीवन सजिलो हुने यहाँका पालिकाको अपेक्षा छ । अस्थायी पुलमा क्षति पुगेसँगै मेलम्ची हुँदै पाँचपोखरी, इन्द्रावती, हेलम्बुलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ । सरकारले गत वर्षदेखि नै वैकल्पिक सडकको कुरा उठाउँदै आए पनि त्यो पूरा नहुँदा नागरिकको जनजीवन सजिलो हुनसकेको छैन ।

पुल बजारबाट अम्बाथानसम्मको सडक निर्माण मेलम्ची खानेपानी आयोजनाले गरेको थियो । वर्षा पहिले आयोजना कुनै पनि काम नहुने हुँदा सडक निर्माण र मर्मत गर्ने तत्काल योजना आयोजनाको छैन । स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले पालिकाले सडक खुलाउन लागेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, ‘पालिकाहरुले आयोजनासँग सडक निर्माणका लागि रकम माग गरिरहेका छन् ।’ गतवर्ष वर्षामा क्षति भएको चनौटे पुल बगाएपछि बेलिब्रिज बनेको छ । त्योभन्दा माथि फलामको पुल बनाइएको भए पनि अहिले क्षति भएको छ । त्यो ठाउँमा गाडी जाने गरी बनाउन सकिन्छ कि सकिँदैन भनेर पहिले बुझ्नुपर्ने उनले बताए ।

अहिलेका लागि वैकल्पिक सडक नै यी पालिकामा सडक सञ्जाल जोड्ने विकल्प भएको आयोजनाले जनाएको छ । सुन्दरीजल हुँदै अम्बाथान पुग्ने सडक खोल्ने काम केही अघि बढेको छ । हेडवर्कमाथि ठूलो चट्टान तोड्न समय लागेको र त्यो सकिएपछि पहुँच पुग्ने सूचना अधिकारी पन्तले बताए । उनले भने, ‘यो सडक खोलेपछि अरनिको राजमार्ग अवरुद्ध हुँदा पनि त्यसको विकल्प बन्न सक्छ ।’

गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएपछि अस्थायीरूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो ।

वैकल्पिक सडक निर्माणका लागि आयोजनाले चालू आवमा ट्र्याक खोल्ने र स्तरोन्नति गरेको छ । सडक विभागबाट ठेक्का निस्केर काम अघि बढाइने उनले बताए ।

गतवर्ष असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले सात वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएपछि अस्थायीरूपमा ह्युमपाइप राखेर आवतजावत तथा यातायात सञ्चालन हुँदै आएको थियो । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने ५४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीका कारण २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ३३ वटा सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।

गत वर्ष क्षतिग्रस्त संरचना बनिनसक्दै पुनः यो वर्ष वर्षाले यहाँका सडक र संरचनामा क्षति पु¥याउन थालेको छ । मेलम्ची हुँदै माथिल्लो भेगसम्म जाने मेलम्ची, दुवाचौर र इन्द्रावती, पाँच पोखरीका स्थानीयवासी प्रभावित हुन थालेका छन् ।

गत वर्ष घरबारविहीन हुने परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदानवापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । निजी आवास अनुदानतर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । स्थानीय तहबाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको छ ।

याे पनि :
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची बाढीको एक बर्ष : डरै-डरको उस्तै जिन्दगी





Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested