English

अफगानिस्तानमा भूकम्प



अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० भन्दाबढी घाइते भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको जनाइएको छ ।

अफगानिस्तानको ५०० किलोमिटरभन्दा बढी क्षेत्र, पाकिस्तान र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामबादसम्म महसुश गरिएको केन्द्रले जनाएको छ ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६ दशमलब १ म्याग्निच्युडको थियो । ‘दुर्भाग्यवश हिजो राति पाक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प जाँदा सयौं जनाको ज्यान लिएको छ । भूकम्पमा दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारी प्रवक्ता बिलाल करीमीले ट्वीट गरेका छन् ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested