English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो दिन आइतबार सेयर बजार १.८९ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ३७.२७ अंकले घटेर १,९३४.११ बिन्दुमा पुगेको हो।

सेयर बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ३६ लाख ६६ हजार ८९१ सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ। गत साता बजार बन्द हुँदा शुक्रबार कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ३.८५ प्रतिशत, विकास बैंकको ३.६६ प्रतिशत र अन्यको ३.६२ प्रतिशतले घटेको छ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धि आज ९.९९ प्रतिशतले भएको छ। केही दिनदेखि संस्थाको सेयर मूल्यमा निरन्तर सकारात्मक वृद्धि देखिएको छ। गत बिहीबारदेखि सेयर कारोबार सुरू भएको रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य भने आज सबैभन्दा धेरै ९.५६ अंकले घटेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १० करोड २९ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको ५ करोड ६४ लाख ६३ हजार रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख २८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख ३९ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ३ करोड २४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested