English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो दिन आइतबार सेयर बजार १.८९ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ३७.२७ अंकले घटेर १,९३४.११ बिन्दुमा पुगेको हो।

सेयर बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ३६ लाख ६६ हजार ८९१ सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ। गत साता बजार बन्द हुँदा शुक्रबार कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ३.८५ प्रतिशत, विकास बैंकको ३.६६ प्रतिशत र अन्यको ३.६२ प्रतिशतले घटेको छ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धि आज ९.९९ प्रतिशतले भएको छ। केही दिनदेखि संस्थाको सेयर मूल्यमा निरन्तर सकारात्मक वृद्धि देखिएको छ। गत बिहीबारदेखि सेयर कारोबार सुरू भएको रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य भने आज सबैभन्दा धेरै ९.५६ अंकले घटेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १० करोड २९ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको ५ करोड ६४ लाख ६३ हजार रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख २८ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ७ लाख ३९ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ३ करोड २४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र