English

यस्तो छ विदेशी मुद्राको विनिमय दर



अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ ।

युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो एकको खरिदमा १३० रुपैयाँ ६६ पैसा र बिक्रीमा १३१ रुपैयाँ २९ पैसा रहेको छ । यसअघि भने एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा रहेको अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १८ रुपैयाँ ६१ पैसा छ ।

साउदी अरेवियन रियाल स्थिर रहेको छ भने कतारी रियालमा सामान्य गिरावट आएको छ । सोमबार साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ भने यसअघि एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको कतारी रियाल सोमबार एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४०७ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ २१ पैसा छ ।

याे पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
थप कमजोर बन्यो नेपाली रुपैयाँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested