English

नेप्सेमा ४५ अंकको गिरावट



सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ ।

गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो ।

नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैया ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।

सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैया ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्सेमा एकमात्र कंपनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिसतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।

याे पनि :
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested