English

सामसुङले ल्यायो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी एम ०२



सामसङले ग्यालेक्सी एम ०२ मोडलको स्मार्टफोनलाई नेपाली बजारमा ल्याएको छ । यो स्मार्टफोनमा ६ दशमलब ५ इन्च स्क्रिनसहित माइक्रो सेन्सर रहेको छ । सामसङको यो नयाँ मोडलको फोन २ जीबी र्‍याम, ३२ जीबी इन्टरनल स्टोरेज र ३ जीबी र्‍याम, ६४ जीबी इन्टरनल स्टोरेज गरी दुई भेरियन्टमा छन् ।

यो स्मार्ट फोनको स्क्रिन भी आकारको वाटर ड्रप नोच छ भने फोनमा ५००० एमएएचको ब्याट्री ब्याकअप र १५ वाटको चार्जिङ छ ।

सामसङको एम सिरिजअन्तर्गत एम ०२ अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेम खेल्न र अन्य कामका लागि उपयुक्त हुने किसिमको रहेको छ ।

यो फोनमा स्न्यापड्रागन ४६० १४ एनएमको प्रोसेसर रहेको छ । यो सेटमा तीनवटा रियर ब्याक क्यामेराहरु प्राइमेरी सेन्सर १३ मेगापिक्सेल र दुई डेप्थ र पोट्रेट सेन्सरहरु २–२ मेगा पिक्सेलका छन् । यो सेटको सेल्फी क्यामेरा भने ५ मेगा पिक्सेलको छ ।

सिल्क डिजाइनसहित उक्त फोन नीलो, कालो र खरानी गरी तीन रङमा बजारमा ल्याइएको छ। ग्यालेक्सी ए ०२ को २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको सेटको मूल्य ११ हजार ९९९ रुपैयाँ छ। ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको सेटको १२ हजार ९९९ रुपैयाँ पर्ने सामसङले जनाएको छ।

यो स्मार्टफोनमा मिडियाटेक ६७३९ प्रोसेसर जडान भएकोले फोन ह्याङ वा स्लो हुने समस्या नआउने कम्पनीले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested