English

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?



सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए ।

स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको नमूना विकास गरिरहेको छ । मस्कले सन् २०११ को अप्रिलमा अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलसँगको एक अन्तर्वार्तामा मंगल ग्रहमा मानिसलाई पठाउने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

उक्त अन्तर्वामा मस्कले मंगल ग्रहमा मानिस कहिले अवतरण गर्न सक्छन् भन्ने समयसीमा दिएका थिए । ‘ भनेजस्तो भए १० वर्ष । खराब अवस्था आए १५ देखि २० वर्ष’ मस्कले भनेका थिए । एउटी नयाँ आमाले प्रशान्त महासागरमा आफ्नो छोरालाई जन्म दिएको भिडियो शेयर गरेपछि भाइरल भएको छ ।

१० वर्ष बितेपछि उनको अन्तवार्ताबारे फेरि चर्चा हुन थालेको छ । उनको भनाईको स्कृन सटलाई ट्वटीर प्रयोगकर्ताले सेयर गरेका छन् । भिडियो भाइरल भएको छ । भिडियोमा ३७ हजार ६ सयले लाइक गरेका छन् भने ३ हजार ४८ पटक रिट्वीट गरिएको छ । भिडियोबारे सयौँले कमेन्ट गरेका छन् ।

‘उनको सो प्रतिज्ञा पूरा गर्न मस्कलाई हामी सक्दो चाँडो पठाऔँ,’ एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा जोक गरेका छन् । ‘ ए मस्क, मंगल मिसनबारे तपार्इैं कहाँ हुनुहुन्छ ?’, अर्का प्रयोगकर्ताले प्रश्न गरेका छन् ।

ट्वीटरमा नै मस्कले यसै वर्षको सुरुमा सन् २०२९ मा मानिसले मंगलमा पहिलो पाइला राख्न सक्ने संकेत गरेका थिए । ‘सन् २०२९ एक निर्णायक वर्ष जस्तै लाग्छ । हामीसँग एजीआई छैन भने म छक्क पर्नेछु । आशा छ, मंगल ग्रहमा मानिसहरू पनि’ उनले ट्वीट गरेका थिए ।

यो पनि…
मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प
चीनको अन्तरिक्षयानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दा तस्वीरहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested