English

‘अब भरतपुर स्मार्ट सिटी बन्ने छ’



चितवनको भरतपुर महानगरपालिका । स्थानीय निर्वाचनमा धेरै चासोका रुपमा रहेको यो महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ, तर पुरानै अनुहार । उनी हुन्– रेणु दाहाल । गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार बनेकी दाहाल पुनः भरतपुर महानगरको प्रमुखका रुपमा निर्वाचित भएकी हुन् ।

प्रमुखमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरिन् । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए ।

हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ, जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ । अब महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्नेछु ।

महानगरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणुले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताउँछिन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । ‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक सहर बनाएर देशकै नमुना स्मार्ट सिटी बनाउँछुु’, उनले भनिन् । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने दाबी गरिन् ।

निर्वाचनमार्फत आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । ‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,’ उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ । अब महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्नेछु ।’

आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन् । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्ध, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन् ।

महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन् । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन् । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested