English

एक महानगर र उपमहानगरमा स्वतन्त्र उम्मेदवार अगाडि



देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ ।

वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् ।

अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन र मनोजकुमार साह ।

बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् ।

युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन् ।

यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ । स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका ।

मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मात्र छ ।

अग्रता लिइरहेका साह कांग्रेसका विद्रोही उम्मेदवार हुन् । पार्टीले उनलाई कारबाही गरिसकेको छ । तर, प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा उनी अघि छन् ।

२०७४ सालको निर्वाचनमा उनी लालकिशोरको निकटतम प्रतिद्वन्द्वी थिए । जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested