English

काठमाडौंमा एक मत गन्न २० मिनेट समय



काठमाडौं महानगरपालिको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ ।

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

Latest










Popular
Suggested