English

सेयर बजारमा उच्च अंकको गिरावट



सोमबार सेयर बजार नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भएको छ । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढेको छ ।

सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । आज अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
अब कति दिन खुल्ला सेयर बजार ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested