English

आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन राष्ट्रपति सहमत



श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् ।

श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको भनाइ छ ।

गोताबाया राजपाक्षे अघि श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनासहित ४० सांसदहरुले यही महिनाको शुरुमा सत्तारुढ गठबन्धन परित्याग गरेको घोषणा गरेका थिए ।

यता प्रधानमन्त्री महिन्दा राजपाक्षेका प्रवक्ता रोहन वेलिविताले भने राष्ट्रपतिबाट यस्तो किसिमको सूचना नआएको र आएको खण्डमा सार्वजनिक रूपमा घोषणा गरिने बताए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र सरकारको विरोधमा पछिल्ला केही सातायता प्रदर्शनहरू भइरहेका छन् ।

यो पनि
श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, एकको मृत्युपछि कर्फ्यू
ब्राजिलमा भीषण बाढी पहिरो : कम्तिमा ७१ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested