English

उद्योगको समस्यामाथि प्राधिकरणको प्रहार



नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कटौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् ।

अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङ लगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्दसरह रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।

उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न जोडदार माग गरेका छन् । ३३ केभीए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत् कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई समेत ध्यानाकर्षण गराएको छ ।

संघले उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको छ ।

विगत केही दिनको विद्युत अनियमितता र उपकरण नचलाउने भनी अघोषित लोडसेडिङले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रेको, बजारमा उत्पादनको अभाव सृजना, मूल्यवृद्धिको डर, मुद्रा सञ्चित न्यून भएको बेला डिजेल किन्न डलर बाहिरिएको अवस्था लगायतका नोक्सानी देशले व्यहोर्नुपर्ने अवस्था आएको छ ।

औद्योगिक कोरिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखा यसलाई बेरुजुमा देखाउने गरेको, लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सिर्जना नहुने उद्योगी व्यवसायीहरूको गुनासो छ ।

उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषितरूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेका छन् ।

‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौँ । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म बल्याक आउटमै उद्योग रहेका छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका एशोसियट सदस्य विकास गोयनकाले भने ।

यो पनि…
१० वर्षमा १५ हजार मेगावाट बिजुली
देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested