English

मोदीलाई शहबाज सरिफले पठाएको पत्रमा के छ ?



पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् ।

यसअघि, मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा शहबाज सरिफलाई बधाइ दिँदै पठाएको पत्रको जबाफमा सरिफले पनि पत्र पठाएका हुन् ।

पत्रमा सरिफले अर्थपूर्ण भारत–पाकिस्तान सम्बन्धबाट दुई देशका जनता र क्षेत्रको सामाजिक–आर्थिक विकास हासिल गर्न सकिने बताएका छन् ।

अर्थपूर्ण सम्बन्धबाट नै जम्मु र कश्मीरसहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधान हुने प्रधानमन्त्री सरिफले आशा गरेका छन् ।

शरीफले पाकिस्तान र भारतबीचको ‘शान्तिपूर्ण र सहयोगी’ सम्बन्ध दुई देश र क्षेत्रका जनताको सामाजिक–आर्थिक विकासका लागि आवश्यक रहेको बताए ।

सार्थक वार्ता र जम्मु तथा कश्मीरको मूल मुद्दासहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधानमा सरिफले जोड दिएका छन् ।

त्यस्तै केही दिनअघि सरिफलाई पठाएको पत्रमा मोदीले भारत पाकिस्तानसँग रचनात्मक सम्बन्ध चाहेको बताएका थिए ।
यस्तै सरिफले आफू क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए ।

इमरान खानमाथि संसदमा पेस भएको अविश्वासको प्रस्ताव संसदबाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यो पनि
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह
को बन्ला इमरान खानको उत्तराधिकारी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested