English

बिस्का जात्रामा ‘हाकुपटासी’ को रौनक (फोटो फिचर)



काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले ‘बिस्केट’ भनेर चिनिन्छ । तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरु मनाइन्छ । नयाँ वर्षको आगमनसँगै शुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ ।

आइतबार (आज) द्यःसँग विइगु (देवतालाई सगुन दिने) कार्यक्रममा तःमारी (न्यातपोल परिसर) मा स्थानीय महिला हाकुपटासीमा सजिएर सहभागी भएका थिए । जात्रा विदेशी पर्यटकले पनि अवलोकन गरेका थिए ।

जात्राको आठौँ दिन द्यो स्वगं पूजा (सगुन जात्रा) का अवसरमा स्थानीय भक्तजनले भोज चढाएका थिए । सगुन जात्रामा देवी देवताहरूलाई आ–आफ्नो गच्छेअनुसारको परिकार चढाउने परम्परा छ ।

बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा (सगुन जात्रा) का अवसरमा परम्परागत पोसाकमा सजिएर बाँसुरी बजाइ नगर परिक्रमा गर्दै बाँसुरी खलः आज बिहानैदेखि परम्परागत धिमेबाजा, बाँसुरीबाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा देवीदेवताको परिक्रमा गरी सगुन पूजा गरेर जात्रा मनाइएको हो ।

यो पनि…
हर्षोल्लासका साथ मनाइयो सुथ : सिया जात्रा
भक्तपुरको बिस्केट जात्रामा बबाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested