English

कसरी गर्ने थोरै समयमा घरको सरसफाई ?



सफा घर सबैलाई मनपर्छ । तर, धेरैको गुनासो हुन्छ, जति मिहिनेत गरेर, जति सफा गरे पनि घर एकछिनमै फोहर हुन्छ । थोरै समय र कम मिहिनेतबाट पनि घर सफा गर्न सकिन्छ । जान्नुहोस् ५ टिप्स ।

धुलोलाई पछि सफा गर्छु भनेर छोड्नु हुन्न

पहिले झाडु–पोछा लगाउने अनि पछि धुलो झार्ने बानी धेरैको हुन्छ । तपाईंहरूलाई लाग्न सक्छ थोरै काम त हो धुलो पुछ्ने । तर, यो काम कति पटक तपाईले दोहोराएर पनि गर्नुपर्ने हुन सक्छ । किनकी पहिले अरु सफाई सकेर धुलो झार्दा त्यो धुलो फेरी सामानहरूमा टाँसिन सक्छ । त्यसैले, पहिले सामानको धुलो पुछेर मात्र अरु सफाई गर्नुपर्छ ।

एउटै कपडाले धेरै सामान सफा गर्नु हुँदैन

सफाई गर्ने बेला धेरैले यो गल्ती गरिरहेका हुन्छन् । एउटै कपडाले टिभी सफा गरेर फेरी त्यही कपडाले टेबल तथा अन्य सामान पुछिन्छ । यसो गर्दा एउटा सामानमा लागेको धुलो बाँकी सामानमा पनि लाग्छ । त्यसैले एउटै कपडाले धेरै सामान सफा गर्न हुँदैन ।

स्टील सफा गर्ने तरिका

स्टीलको भाँडा होस् वा ग्यास चुलो सबैलाई हामी घुमाएर पुछ्छौ । यसरी घुमाएर पुस्दा दाग बस्छ । स्टीललाई राम्ररी पुछ्ने तरीका भनेको सिधा गरेर हो, घुमाएर हैन । यसरी सिधा पुछ्दा दाग बस्दैन । सानो तर जरुरी सामानहरू सफा गर्न बिर्सन हुँदैन ।

सफाई गर्दा प्रायः हामी साना सामानहरू सफा गर्न बिर्सन्छौ । जस्तै–बत्ति, रिमोट, कुर्सीको खुट्टाको भागहरू आदि । यसलाई पनि सफाई गर्न बिर्सिनु हुन्न । नत्र तपाईले गर्नु भएको अरु सफाई पनि ब्यर्थ हुन्छ । त्यसैले साना सामानहरूलाई पहिले सफा गर्नुपर्छ ।

किचनको सफाई गर्दा पहिले भुँइको सफाई गर्न हुन्न

किचनमा प्राय हामी पहिले भँुइको सफाई गर्छौ र पछि भाँडा माझ्छौ । यसो गर्दा पछि फेरि भुँइ फोहोर हुने सम्भावना हुन्छ । त्यसैले, पहिले भाँडा तथा अन्य सफाई सकेर मात्र भुँइको सफाई गर्नुपर्छ । यसरी थोरै समय र कम मिहिनेतबाट घर सफा गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested