English

तपाईंलाई शारीरिक समस्या छ ? यसरी पाइन्छ सजिलै छुटकारा



हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौँ । तर तपाईंलाई थाहा नहुन सक्छ बेलुकाको खानापछि हिँड्नु किन जरुरी छ र यसका कति फाइदा छन् ?

तपाईंको तौल अनियमितरूपमा बढ्दै छ भने बेलुकाको खानापछि हिँड्नु झनै जरुरी हुन्छ, खाना खानेबित्तिकै हिँड्दा धेरै रोगहरू हट्छ र निद्रा पनि राम्री लाग्छ आउँछ । खाना पनि राम्ररी पच्छ । बेलुकाको खाना खाइसकेपछि हिँड्दा हुने केही फाइदाहरू यसप्रकार छन् :

फाइदाहरू
–खाना खाइसकेपछि हरेक दिन १०–२० मिनेट हिँड्ने हो भने खाना राम्रोसँग पच्ने र पाचन शक्ति बलियो हुन्छ । खाना खाइसकेपछि तुरुन्तै सुत्दा खाना राम्ररी पच्दैन र पाचनसम्बन्धी धेरै समस्याहरू देखा पर्छन् । त्यसैले अबदेखि हरेक दिन खाना खाइसकेपछि कम्तीमा १० मिनेट हिँड्ने बानी बसाल्नुहोस् ।

– खाना खाएपछि हिँड्दा रगतमा चिनीको मात्रा कायम रहन्छ । अर्थात दैनिक खाना खाएर हिँड्नुभयो भने मधुमेहबाट पनि बच्न सकिन्छ ।

– खाना खाएर हरेक दिन हिँड्ने हो भने अनिद्राको समस्या पनि हट्छ ।

– ग्यासको समस्या र पेट फुल्ने समस्याले हैरानी हुनुहुन्छ भने हरेक दिन खाना खाएपछि हिँड्नुहोस्, यी लक्षणहरू कम भएको थाहा पाउनुहुनेछ ।

– खाना खाएपछि हिँड्दा मुटु स्वस्थ रहन्छ । त्यसैले, दिनहुँ हिँड्नुपर्छ ।

– खाना खाएपछि हिँड्दा मानसिक स्वास्थ्यमा पनि सुधार हुन्छ, तनाव कम हुन्छ, बेचैनी कम हुन्छ र मुड सुधार्छ ।

– यदि, तपाईंको छ भने राति हिँड्दा तपाईंलाई धेरै उच्च रक्तचापमा फाइदा हुन्छ । यसले मुटु रोग, स्ट्रोक, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

– खाना खाइसकेपछि, छिटो गतिमा हिँड्नु पर्दैन, तर नियमित भने हिँड्नुहोस् ।
तपाईं बिहानको खानापछि, खाजापछि र बेलुकाको खानापछि १० मिनेट नियमित हिँड्न नबिर्सनुहोस् ।

यो पनि…
हिँड्नुका फाइदा
उल्टो हिँड्दा हुने फाइदा
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested