English

श्रीलंकामा औषधि अभाव : ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी



लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।

लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ । स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

प्रयोगशाला परीक्षणमा कमी आएको छ । औषधि र स्वास्थ्य सामग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन्’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोले भने, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छ्न् ।’

औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।

यो पनि…
श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा
श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested