English

मानिसले आफ्नो दिमाग अब रोबोटमा डाउनलोड गर्न सक्ने प्रविधिको विकास



एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाँच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरूलाई डाउनलोड गर्न सक्छौं । यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि, तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रूपमा फरक हुनेछ । तर, हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाइ थियो ।

मस्कका तर्फबाट यस किसिमको प्रविधि आजको कम्प्युटरको मेमोरीको स्वरूपबाट क्रमिक रूपमा उत्पन्न हुनेछ । ‘हाम्रा मेमोरीहरू हाम्रा फोन र कम्प्युटरमा चित्र वा भिडियोको रूपमा संग्रह भइरहेका छन्,’ उनले बताए । कम्प्युटर र फोनले हाम्रो सञ्चार गर्ने क्षमतालाई बढाइ दिन्छ । हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ ।

सिन्थेटिक शरीरहरूमा चेतनाहरू डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो ।

केही विज्ञहरू आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
प्राविधिक औजार बनाउँदै गण्डकी विश्वविद्यालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन,

Latest










Popular
Suggested