English

युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



रूसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीव्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा रूसी फौज परिचालन भएका छन् । सो क्षेत्रका शहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको रायटर्स समाचार संस्थाले जनाएको छ ।

रूसले पूर्वी युक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । यसैबीच रूसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ ।

जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ । जनरल अलेक्जेन्डरमा सिरियामा भएका रूसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरूले बताएका छन् ।

यो पनि…
जेलेन्स्की भन्छन्– रूसमाथि थप प्रतिबन्ध लगाइयोस्

अस्ट्रेलियाको युक्रेनलाई साथ, रूसको आलोचना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested