English

शिक्षक तथा विद्यार्थीले बनाए ‘डेलिभरी रोबोट’



नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो ।

रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनका सह-प्राध्यापक सचिन श्रेष्ठ र सह-प्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एन्ड इन्जिनियरिंगका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एन् इलेक्ट्रिकल इन्जिनियरिगका उपप्राध्यापक अभिनास खत्री केसी मुख्य टिम मेम्बरका रूपमा संग्लग्न थिए । यस्तै, विद्यार्थीबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सव खड्का सम्लग्न थिए ।

रोबोटलाई अटोमेटिक तथा म्यानुअल मोडमा काम गराउन सकिनेछ । म्यानुअल मोडमा काम गराउन एउटा छुट्टै मोबाइल एप पनि बनाइको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ । यसलाई आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर सकिने छ । 

अटोमेटिक मोडमा भने यो आफै गन्तव्यमा पुग्छ । यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीच वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ । 

नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको मध्यमबाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरू इंकित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरू निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँमा पुग्नेछ र नयाँ गन्तब्य इंकित नगरेसम्म उक्त ठाउँ नै घुमिरहन्छ । यसरी आफ्नो गन्तव्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने वस्तुहरू भेटे त्यसलाई छलेर जाने छ ।

साथै अगाडि कुनै मान्छे भेटेमा रोबोटले बाटो छोड्न स्पीकरमार्फत अनुरोध पनि गर्छ । ‘रोबोटमै रहेको क्यामेराले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्छ र एआई टेकनोलोजी मार्फतबाट अगाडि मान्छे आए थाहा पाउँछ,’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने । 

यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरूबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशील श्रेष्ठलगायतकाको पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्स पनि सजिलै थप्न सकिने छ ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
प्राविधिक औजार बनाउँदै गण्डकी विश्वविद्यालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested