English

‘दुई पिस ‘रोस्ट’ का लागि एक वर्ष कुर्नुपर्थ्यो’



युवाहरूमाझ अत्यधिक रुचाइएका ‘नेपग्याजम’का चर्चित स्ट्यान्डअप कमेडियन हुन् लेखमणि त्रिताल । उनलाई धेरैले रमेश अङ्कलको छोरो भनेर पनि चिन्छन् । उनी स्टान्डअफ कमेडीमा लागेको लामो समय भएको छैन । कमेडीमा लागेको लगभग २ देखि ३ वर्षको अवधिमा नै उनले धेरै दर्शकको मन जितेका छन् ।

लेखमणिको बाल्यकाल काठमाडौं, सातदोबाटोमा बित्यो । सानै उमेरदेखि उनी कमेडीमा रुचि राख्थे । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्छ । आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन् । ‘जीवनको सबैभन्दा सम्झन लायक पल बालापन नै थियो ।’

बाल्यकालमा उनी साह्रै चञ्चले स्वभावका थिए । साथीहरूलाई हँसाउने जिस्काउने काममा पनि उनी अगाडि नै थिए । अरूलाई हँसाउन उनलाई सानैदेखि रमाइलो लाग्थ्यो । तर, त्यो नै पछि गएर उनको करियरसँग जोडिन्छ भनेर उनले सोचेका थिएनन् । स्कुल तथा कलेजको विभिन्न हास्यव्यङ्ग्य प्रतियोगितामा पनि उनी सहभागी हुन्थे ।

बाल्यकालमा खाएको केही खानेकुराको स्वाद जिब्रोमा गडेको छ । बाल्यकालमा मलाई एकदमै मनपरेको खानेकुरा बडा भोजमा खाएको रोस्ट हो ।

उनको बाल्यकालको धेरै समय भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय विद्यालयको होस्टेलमा बित्यो । विद्यालयमा साथीहरूमाझ नै उनले बाल्यकालको धेरै समय बिताए ।

बाल्यकालमा गरेको हरेक क्रियाकलाप विशेष हुने लेखमणि बताउँछन् । त्यतिबेला खाएका केही खानेकुरा पनि जीवनभर रोजाइमा पर्ने गर्छ । ‘बाल्यकालमा खाएको केही खानेकुराको स्वाद जिब्रोमा गडेको छ ।’

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन् ‘बाल्यकालमा मलाई एकदमै मनपरेको खानेकुरा बडा भोजमा खाएको रोस्ट हो ।’

होस्टेलमा बसेको हुनाले म यो खान्छु त्यो खान्छु भनेर रोज्न पाइँदैन थियो । जे पाक्यो त्यहीँ खानुपथ्र्यो । तर, वर्षमा एकपटक बडा भोजमा भने धेरै थरिका खानेकुरा खान पाइने उनी सुनाउँछन् । ‘बडा भोजमा विशेष प्रकारको रोस्ट खान पाइन्थ्यो जुन एकदमै मिठो हुन्थ्यो ।’

बडा भोज आउनुभन्दा एक महिनाअघि बाट नै अब रोस्ट खान पाइन्छ भनेर उनी मक्ख पर्थें । उनीसँगै उनका साथीहरू पनि रोस्ट खान पाइने कुरा सम्झेर नै मख्खै पर्थे । त्यो रोस्ट कसरी पकाएको हुन्थ्यो खै अन्य बेला खाएको रोस्टभन्दा त्यो अलि विशेष हुने गरेको लेखमणि बताउँछन् ।

बडा भोजमा खाएजस्तो रोस्टको स्वाद मैले अन्त भेटेको छैन । धेरै याद आउँछ त्यो बाल्यकाल, स्कुल जीवन र बडा भोजमा खाएको रोस्ट ।

बाल्यकालमा खाएको त्यो रोस्टको स्वाद उनको जिब्रोमै झुन्डिएको छ । ‘एक वर्ष कुरेपछि त्यो रोस्ट खान पाइन्थ्यो । तर, जम्मा दुई पिस’ उनी हाँस्दै सुनाउँछन् ।

बडा भोजमा खाएको त्यो रोस्ट घरमै बनाउन उनले धेरै प्रयास गरे तर सकेनन् । बाहिर रेस्टुरेन्टमा किनेर खाएको रोस्टमा पनि उनले त्यो स्वाद भेटेका छैनन् । ‘बडा भोजमा खाएजस्तो रोस्टको स्वाद मैले अन्त भेटेको छैन । धेरै याद आउँछ त्यो बाल्यकाल, स्कुल जीवन र बडा भोजमा खाएको रोस्ट ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested