English

यसकारण बिग्रन सक्छ दाम्पत्य जीवन



रामायणमा रावणले सीताको अपहरण गरेका थिए । त्यसपछि श्रीराम र लक्ष्मण सीताको खोजीमा भौंतारिए । त्यसबेला शिव र सती देवीले श्रीरामलाई सीताको सम्झनामा रोइरहेको देखे । शिवले टाढाबाट रामलाई प्रणाम गरे र सती देवीलाई भने, ‘तिमी पनि रामलाई नमन गर ।’

सती देवीले भनिन्, ‘राम आफ्नी पत्नीको सम्झनामा रोइरहनु भएको छ, उहाँ कसरी भगवान् हुन सक्नुहुन्छ ? म तिनीहरूलाई पहिले परीक्षण गर्नेछु ।’

यो रामको लीला भएको बताउँदै शिवले शंका नगर्न भने । तर सती देवीले सुनिनन् र रामको परीक्षा लिन उनको अगाडि पुगिन् । सती देवीले सीताको रूप धारण गरिन् । रामजीले सती देवीलाई सीताको रूपमा चिने र प्रणाम गर्दै भने, ‘महादेव कहाँ छन् ?’

यो सुनेर सती देवीले भगवान् नै हो भनी बुझिन् । देवी लज्जित भई शिवकहाँ फर्किइन् । सती देवीले सोचिन कि ‘मैले परीक्षा दिएँ तर रामले मलाई चिन्नुभयो ।’

सती देवीले शिवजीलाई झुटो बोलिन् । भनिन्, ‘मैले रामको परीक्षा लिइनँ, म तपाईंजस्तै टाढाबाट झुकेर आएको हुँ । म नतमस्तक भएर आएको छु ।’ सती देवीले यतिकुरा भनेपछि शिव स्तब्ध भए । शिवजीलाई थाहा थियो कि मेरी पत्नी जिद्दी छिन् ।

शिवले आँखा बन्द गरेर ध्यान गर्दा, सतीले सीता बनेर रामको परीक्षा लिएकी थिइन् भन्ने थाहा भयो । यसपछि शिवजीले मानसिक रूपमा सतीको त्याग गरेका थिए ।

सन्देश
पति–पत्नीको बीचमा झूट, क्रोध, अहंकार, छल जस्ता कुराहरू हुनु हुँदैन । जसका कारण दाम्पत्य जीवन बिग्रन्छ । श्रीमान श्रीमतीको सम्बन्ध भनेको दूध र पानी जस्तै हो । दूधमा कति पानी मिसिएको छ, पानीमा दूध कति मिसिएको छ भन्ने तत्काल थाहा हुँदैन । तर दूध र पानीमा अमिलो मिसाउँदा दूध र पानी छुट्टिन्छ । झुट, क्रोध, अभिमान र छल पति पत्नीको सम्बन्धमा अमिलो जस्तै हो । जसका कारण सम्बन्ध टुट्न सक्छ ।
यो पनि…

कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा
लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested