English

रूसको निशाना पूर्वीयुक्रेन



युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेनका खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रूसी सेनाले सो क्षेत्रमा हमला तीव्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् ।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।

सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् । रूसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रूसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ ।

यसैबीच अमेरिकाले रूसी राष्ट्रपतिका दुई वयस्क छोरीहरू र रूसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रूसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो ।

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा शहरमा रूसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् ।


यो पनि…
पाकिस्तानलाई चीनको साथ

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
पाकिस्तानी सर्वोच्च अदालतद्वारा इमरान खानको निर्णय बदर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested