English

सार्वजनिक यातायातको पर्खाइमा दशकौँ बित्यो



सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् ।

स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ ।

‘चालु आर्थिक वर्षमा विभिन्न वडामा गरी करिब साढे तीन किलोमिटर सडक कालोपत्र गर्ने योजनाका साथ अघि बढेका छौँ’, लालझाडी गाउँपालिकाका सबइञ्जीनियर सन्तोषप्रसाद जोशीले भने, ‘अहिलेसम्म यहाँ चान्देउ–बल्मी क्षेत्र र अन्यमा सडक कालोपत्र छ ।’

उनले स्थानीय जनप्रतिनिधि आइसकेपछि पालिकाका सबै वडाका मुख्य तथा शाखा सडक ग्राभेल भएको जानकारी दिए । ‘पालिकाको पनि आफ्नो बजेट छ’, उनले भने, ‘भौतिक पूर्वाधारदेखि अन्य विकासमा सङ्घ र प्रदेश सरकारको बजेटले पनि काम भइरहेको छ ।’

बीच भागमा पर्ने दोदा नदीका कारण पालिका दुई भागमा विभाजित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रसिंह रावलले जानकारी दिए । ‘अहिलेसम्म राम्रोसित यहाँ सार्वजनिक यातायात सञ्चालन भएको छैन’, रावलले भने, ‘एकाध वडाबाहेक सबैतिर यातायात सेवा पुग्न सकेको छैन ।’

सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् ।

उनले पालिकामा दोदा नदी कटान र डुबानका साथै वन्यजन्तुबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको बताए । लालझाडीको वडा नं २ र ३ को बीचमा पर्ने खर्रानालामा पक्की मोटेरेबल पुल बनेपछि मात्रै पालिकामा आवागमनमा सहजता मिलेको स्थानीयवासीको भनाइ छ ।

‘पहिले त वर्षातमा बिरामी हुँदा पनि एम्बुलेन्स गाउँमा ल्याएर बिरामी लैजान सक्ने अवस्था थिएन,’ कञ्जका स्थानीयवासीले रामप्रसाद रानाले भने, ‘अहिले पनि देखतभूली भएर जान दोदा नदीमा बनाउनुपर्ने पक्की पुल नबन्दा समस्या नै छ’, राना थारू समुदायको बाहुल्यता रहेको लालझाडीमा बितेको चार वर्षमा विद्यालय भवनसमेत बनेको पालिकाले जनाएको छ । ‘गाउँपालिकाको वार्षिक आयव्यय भनेको ४७ करोड हो’, प्रमुख प्रशासकीय अधिकृत रावलले भने, ‘गाउँमा बसपार्क बनाउने विषयमा पनि गृहकार्य हुँदैछ ।’

चौध हजार १६ मतदाता रहेको गाउँपालिकामा सडक सञ्जाल विस्तार एवं स्तरोन्नतिका लागि सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीको भनाइ छ । ‘यसै क्षेत्रबाट निर्वाचन जितेर मन्त्री भए तर गाउँको अवस्थामा खासै सुधार भएन ।’ कञ्जकै श्याम रानाले भने, ‘चुनावका बेला भोट माग्ने, आश्वासन दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिले लालझाडीको विकास नभएको हो ।’

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक खर्रानालामा बनेको पुल आफ्नो कार्यकालमा बनेको बताए । ‘त्यो पुल बनेपछि जनतालाई हिँड्डुल गर्न सहज भयो’, उनले भने, ‘गाउँमै १० शय्याको अस्पताल पनि बनायौँ ।’ उनले चालु आवमा सडक कालोपत्रका लागि ५० करोडको ठेक्का भइसकेको बताए ।

‘अबको दुई वर्षमा धेरै सडक कालोपत्र हुन्छन्,’ अध्यक्ष वडायकले भने, ‘यहाँ करिब १७–१८ किलोमिटर सडक कालोपत्र भएको छ ।’ दोदा नदीमा दुईवटा झोलुङ्गे पुल बन्नुका साथै पाँच करोडको लागतमा लालझाडी उद्यानसमेत निर्माण भइरहेको उनको भनाइ छ ।

यो पनि…
बसाइँसराइले रित्तियो गाउँघर, झाडी भए आँगन र पिँढी

बेनीको बजार जता बाटो त्यतै छ नजर
चोलुङ पार्कको लालीगुराँसले तान्दै छ पर्यटक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested