English

‘बाल्यकालमा दहीचिउरा भने पछि हुरुक्कै हुन्थेँ’



नेपाली पप संगीत क्षेत्रमा ख्यातिप्राप्त नाम हो नवीन के भट्टराई । ‘साँझ पख एकान्तमा आफैँलाई बिर्संदा’ कुनै समय यो गीत पप सङ्गीत प्रेमीहरूको मुखैमा झुन्डिएको थियो । ‘आँखामा तिमीलाई’, ‘ए झरी’ लगायतका थुप्रै हिट गीत दिन सफल छन् भट्टराई ।

नवीन सानैदेखि सङ्गीतमा रुचि राख्थे । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्थ्यो । आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन्– ‘जीवनको सबैभन्दा प्रिय र सम्झनलायक पल बालापन नै थियो ।’

बाल्यकालमा खाएका केही खानेकुरा अझै पनि साह्रै मिठो लाग्छ । बाल्यकालमा मलाई एकदमै मनपर्ने खानेकुरामा दही चिउरा पथ्र्यो ।

उनको बाल्यकाल काठमाडौंको बानेश्वरमा बित्यो । बाल्यकालमा उनी साह्रै चञ्चले स्वभावका थिए । त्यसैले, पनि होला उनले बाल्यकालको धेरै समय होस्टेलमा बिताए । होस्टेल बिदा भएको बेला घर जान पाउँदा उनलाई सारै खुसी लाग्थ्यो ।

बाल्यकालमा गरेका हरेक क्रियाकलाप विशेष हुने उनी बताउँछन् । त्यतिबेला मन परेका खानेकुराहरू पनि जीवनभर रोजाइमा पर्ने नवीन बताउँछन् । ‘बाल्यकालमा खाएका केही खानेकुरा अझै पनि साह्रै मिठो लाग्छ ।’

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन्– ‘बाल्यकालमा मलाई एकदमै मनपर्ने खानेकुरामा दही चिउरा पथ्र्यो ।’

हामी सानो हुँदा दूध–दही शुद्ध हुन्थ्यो केही पनि मिसावट गरेको हुँदैनथ्यो, त्यसैले पनि त्यो स्वादिलो हुनुको साथै स्वस्थकर पनि हुन्थ्यो ।

खाजामा दही चिउरा खान पाए भने नवीन मख्खै पर्थे । उनलाई दही चिउरा अहिले पनि मन पर्छ । तर, बाल्यकालमा जस्तो एकदमै मिठो भने लाग्दैन । अहिले दही चिउराभन्दा पनि मासु चिउरा उनलाई बढी मन पर्छ ।

होस्टेलमा बस्ने हुँदा आफ्नो इच्छा अनुसारको खाना, खाजा खान पाइँदैन थियो । त्यसैले, छुट्टीमा घर गएको बेला भने खाजामा दही चिउरा खाने गरेको उनी सुनाउँछन् ।

अहिले बजारमा दही छ्यापछ्याप्ती पाइन्छ । तर, दहीमा पहिलेको जस्तो स्वाद भने नभएको नवीन बताउँछन् । ‘हामी सानो हुँदा दूध–दही शुद्ध हुन्थ्यो केही पनि मिसावट गरेको हुँदैनथ्यो, त्यसैले पनि त्यो स्वादिलो हुनुको साथै स्वस्थकर पनि हुन्थ्यो ।’

बाल्यकालमा खाएको दही चिउराको स्वाद भने जिब्रोमा गडेको उनी बताउँछन् । ‘बाल्यकालमा त जे खाए पनि मिठो हुन्थ्यो यो नमिठो त्यो नमिठो भन्ने नै हुन्नथ्यो ।’

बजारमा अहिले धेरै किसिमका जंकफुडहरू उपलब्ध छन्, तर घरमै बनेको खानेकुरा नै स्वस्थकर हुने भएकोले सबैलाई घरमै बनेको खानेकुरा खान सल्लाह दिन्छु ।

काठमाडौं जन्मिएको हुनाले बजारमा धेरै खानेकुरा सजिलै खान पाइने भए पनि घरमै बनेको खानेकुरा नै उनलाई विशेष लाग्थ्यो । उनी सुझाउँछन्– ‘बजारमा अहिले धेरै किसिमका जंकफुडहरू उपलब्ध छन्, तर घरमै बनेको खानेकुरा नै स्वस्थकर हुने भएकोले सबैलाई घरमै बनेको खानेकुरा खान सल्लाह दिन्छु ।’

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested